Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


स्वरसम्राट नारायणगोपालको २९ औं स्मृति दिवस मनाइदैं


0
Shares

काठमाडौं ।  नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरिदैंछ ।

आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रम  गर्दैछ ।

संगीत आकाशका धरोहर नारायण गोपालको २९ वर्ष अघि निधन भएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जनजनको मनमा अहिले पनि जीवन्त छन् ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उनको २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । 

 ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’ लगायतका दर्जनौँ कर्णप्रिय गीतहरु नारायण गोपालले गाएका छन् । 

 उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बद्लिदियो ।  उनका गीत आजपनि उतिकै लोकप्रिय छन् ।