४ असार २०८२, बुधबार | Wed Jun 18 2025


आफूले पाउने पारिश्रमिकबाट वडाध्यक्षले बाँडे विद्यार्थीलाई पोशाक


0
Shares

बझाङ । जिल्लाको विकट साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्र्थी र शिक्षकलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् ।

साईपाल गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जंगविर बोहराले वडा नम्बर ३ मा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र अध्यनरत विद्यार्र्थीाई पोशाक वितरण गर्नुभएको हो ।

वडा अध्यक्ष बोहराले आफुले खाईपाई आएको पारिश्रमिक बाट झण्डै ३ लाख मूल्य बराबरका पोशाक विद्यार्थीहरु र शिक्षकलाई हस्तान्त्रण गरेको काँडा माविका प्रधानाध्यापक उज्वल बोहराले जानकारी दिनुभयो ।

विद्यालयमा अध्यनरत ११६ जना छात्र, १२९ जना छात्रा गरी जम्मा २४५ विद्यार्थी र १६ जना शिक्षकहरुलाई पोशाक वितरण गरीएको उहाँले बताउनुभयो ।

शिक्षकसँगै विद्यार्थीहरुले नयाँ पोषाक पाएपछि खुसी भएका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालीकाहरुलाई ठुलो सहयोग पुगेको यहाँका अभिभावकहरुले बताएका छन् ।

विषेश गरी अनाथ बालबालिकाहरुलाई शिक्षामा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ आफुले खाईपाई आएको पारिश्रमिकबाट पोशाक हस्तान्तरण गरेको अध्यक्ष बोहराले बताउनुभयो ।