५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


रसुवामा दैनिक ९ घण्टा विद्युत् अवरुद्ध


0
Shares

रसुवा । रसुवामा दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुन थालेको छ ।

त्रिशुली चिलिमे ६६ केभी प्रशारण लाइन मर्मतको काम सुरु गरेपछि रसुवामा दैनिक ९ घन्टा विद्युत् अबरुद्ध हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरणले अबिरल बर्षाका कारण त्रिशुलीदेखि चिलिमेसम्मको विद्युत् आपूर्तिमा समस्या आउन थालेपछि मर्मतका लागि भन्दै हिजोबाट दैनिक ९ घन्टा विद्युत् कटौती गर्न थालेको हो ।

भोलिसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म त्रिशुलीदेखि चिलिमेसम्मको विद्युत् सेवा बन्द गरी मर्मतको काम हुने प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, कार्यालयको कामकाज र व्यवसाय प्रभावित भएको छ ।

त्यस्तै, यसअघि विभिन्न समस्याका कारण पटक–पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएकोमा यस पटक वर्षायाममा फेरि समस्या नआओस् भनेर मर्मत गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।