४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेप्से ९ अंकले बढ्दा ३० करोडको कारोबार


0
Shares

काठमाडौं, मंसिर १८ । बुधबार पनि सेयरबजारमा सुधार जारी रह्यो ।

निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको बजार परिसूचक नेप्से अघिल्लो दिन ४ अंकले बढेकामा यसदिन ९ अंक बराबरले उकालो लागेर ११ सय २४ मा पुग्यो ।

कारोबार सुरु भएदेखि सामान्य उतार–चढाव रहँदै आएको नेप्से अन्तिम समयतिर उकालो लागेको हो ।

यसदिन कारोबारमा पनि अघिल्ला दिनका तुलनामा केही सुधार आयो ।

यसदिन कारोबार भएका सबै समूह सकारात्मक रहे । जीवनबिमा समूह सबैभन्दा उच्च १४२ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूह पनि १०१ अंकले बढ्यो । लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका ९ लाख ९० हजार कित्ता सेयर ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।