१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘साग’ स्वर्णमा नेपालको ‘शतक’


0
Shares

काठमाडौं, मंसिर १८ । दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा नेपालको स्वर्णपदकको संख्या १०० पुगेको छ ।

१३औं सागको तेक्वान्दोमा बुधबार सक्षम कार्कीले स्वर्ण जितेसँगै समग्रमा अहिलेसम्मका स्वर्णपदकको संख्यामा नेपालले ‘शतक’ बनाएको हो ।

१२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो । जारी १३औं सागमा नेपालको स्वर्णपदकको संख्या २९ पुगेको छ ।

नेपालले बुधबार ६ स्वर्णपदक जित्नेक्रममा साइक्लिङ र तेक्वान्दोबाट समान दुई तथा कराते र उसुबाट समान एउटा स्वर्ण हासिल गरेको हो ।

१३औं साग तालिकामा २७ स्वर्णपदकसहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ ।

पुछारको भुटानको तीन कास्यपदकमात्र छ ।