३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा डा. विष्ट नियुक्त


0
Shares

काठमाडौं, जेठ ३१ । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । विष्ट इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख हुन् ।

यस्तै, बैठकले राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा हरिहर अधिकारीलाई नियुक्त गर्नेलगायतका विभिन्न निर्णयहरु पनि गरेको जनाइएको छ ।