 
	    सुनसरी, मंसिर १८ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले कार्यभार सम्हालेका छन् ।
उनले आजबाट कार्यभार सम्हालेका हुन् । राई नेपाली कांग्रेसका तर्फबाट मंसिर १४ मा भएको उपनिर्वाचनमा धरान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
राई २६ सय ९५ बढी मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । राईले २६ हजार ७०९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्