१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


उसुमा दिपकले जिते स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९.३२ अंक ल्याएर स्वर्ण जितेका हुन् ।

भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते ।