
काठमाडौं, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन अनुपमा मगरले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।
कराँते अन्तरगत कुमतेमा ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
नरगिस एसियन गेम्सकी कास्य पदक विजेता हुन्। मगरले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्