महोत्तरी, मंसिर १८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
ना २ च ८८५५ नम्बरको जीप दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका घर भएका सकुन्तलादेवी महतो र भारत जयनगरका तनियादेवी महतो रहेका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचारका लागि धरान रेफर गरिएको छ ।
१० जना सामान्य घाइतेको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै बाराको गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको प्रहरीले जनाएको छ ।
घाइतेका अनुसार विपरीत दिशाबाट आउँदे गएको ट्रकको लाइट डिम नहुँदा जीप अनियन्त्रित भएर सडककिनाराबाट तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्