
काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सतर्फ नेपालका धावक दिपक अधिकारीले कास्य पदक जितेका छन् ।
अधिकारीले पुरुष १० हजार मिटर दौड स्पर्धामा कास्य पदक जितेका हुन् । उनले निर्धारित दुरी ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जिते । दोस्रो स्थानमा श्रीलंकाका शान मुगेश्वरन रहे ।
उनले ३० मिनेट ४९.२० सेकेन्डमा दुरी पुरा गर्दै दीपकलाई १ सेकेन्डभन्दा कम समयले पछि पारे । भारतका सुरेश कुमारले दौडको सुरुवातदेखि नै कायम गरेको अग्रतालाई पुरै समय जारी राखे ।
उनले दोस्रो स्थानका श्रीलंकाली खेलाडीलाई समेत एक ल्यापले पछि पारेका थिए । नेपालका अधिकारीले अधिकांश समय दोस्रो स्थानमा रहँदै दौडेपनि अन्तिम ल्यापमा भने अग्रता गुमाएका थिए ।
अन्तिम १ सय मिटरमा श्रीलंकाका खेलाडीले आफ्नो गति बढाउँदै दिपकलाई अगाडी बढ्ने मौका नै दिएनन् ।
प्रतिक्रिया दिनुहोस्