१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


उसुमा विवाद, खेलाडीले दिए म्याटमै धर्ना


0
Shares

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको प्रतिस्पर्धामा विवाद भएको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा ताइजिजान थाउलोतर्फको खेलमा श्रीलंकाले स्वर्ण जितेपछि विवाद सिर्जना भएको हो ।

नेपाल र भारतले खेलमा धादली भएको भन्दै निर्णयमा आपत्ति जनाएका छन् । खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका छन् ।

नेपालका खेलाडी हरि प्रसाद गोलेले म्याटमै बसेर धर्ना दिएका छन् । जसको कारण खेल रोकिएको छ । यस स्पर्धामा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् ।

भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिले कास्य जितेका छन् ।