१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


इन्ग्लिश प्रिमियर लिग – म्यानचेस्टर सिटी विजयी


0
Shares

काठमाडौं, मंसिर १८ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले बर्नलीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बर्नलीको मैदानमा ग्राबियल जिससको गोलबाट सिटीले २४ औं मिनेटमा अग्रता बनाएको थियो । ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ६८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । ८७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटी ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बर्नलीका रोब्बी ब्राडीले एक गोल फर्काएपनि सिटी ४-१ ले विजयी भयो ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ । बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

अर्को खेलमा क्रिस्टल प्यालेसले बर्नेमाउथलाई १-० ले हराएको छ । एजेन्सी