रुकुम, मंसिर १८ । रुकुम पश्चिमका महिला अझै पनि चुलो चौका र घाँसदाउरामै सिमित हुन बाध्य छन् ।
गाउँगाउँमा सूचना र सञ्चारले सचेतना फैलाइए पनि यहाँका महिला घरको काममा मात्रै लाग्नु पर्ने बाध्यता छ ।
आठबिसकोट, सानिभेरी, गोतामकोट, लगायतका महिला घरभित्रको काममा मात्रै लाग्न बाध्य भएका हुन् । यस क्षेत्रमा खेतीयोग्य जमिनको अभाव छ ।
खेतीले मात्रै नपुग्ने भएपछि पुरुषहरू धन कमाउन विदेश जानु पर्ने बाध्यता छ । सबै पुरुषहरु विदेशिदा महिलाहरु घरधन्दामा लाग्दछन् ।
आफूहरु घरधन्दामा व्यस्त हुँदा पढाइ लेखाइ र नयाँ ठाँउमा घुमफिर गर्न तथा नयाँ कुरा सिक्नबाट बञ्चित भएको यहाँका महिलाको गुनासो छ ।









प्रतिक्रिया दिनुहोस्