Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


गढीमाई मेलामा आज साना पशुको बलि


0
Shares

बारा, मंसिर १८ ।  मंगलबारबाट सुरु भएको गढीमाई मेलामा आज साना पशु बलि भइरहेको छ ।

गढीमाई स्थापना गरेका भगवान चौधरीका ११ औं पुस्ता शिव चौधरीले हिजो (मंगलबार) पञ्चबली दिएर खुला गरिएको बली आज साना पशुपंक्षीहरुको बलि दिइएको हो ।

मेलामा दर्शनार्थीले भाकल पुरा भएपछि समितिलाई  जिम्मा दिएका राँगा पशुबली हिजोबाट सुरु भएको थियो ।

करीब ११ हजार राँगा समितिमा भाकल गरेकाहरुले बुझाएको राँगाहरु हिजै विभिन्न समुदायका मानिसहरुले प्रसादको रुपमा लगेका छन् भने आज चढाइने बोका, पाठा, हाँस, कुखुरा, परेवा स्वयं भाकल कर्ताले नै बलिपछि लैजाने गर्दछन् ।

आज पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली जता पनि दिन मिल्ने व्यवस्था मिलाइएको छ ।

पाँच वर्षे मेलामा नेपाल र भारतका भक्तजनले पशुपंक्षी बलि चढाउने परम्परा रहिआएको छ ।

Skip This