प्रभा र थानेश्वरको ‘फुर्के धागो २’ मा डिसी र अधिकारीको लोभलाग्दो अभिनय (भिडियो) « Image Khabar


प्रभा र थानेश्वरको ‘फुर्के धागो २’ मा डिसी र अधिकारीको लोभलाग्दो अभिनय (भिडियो)


Border circle
Imagekhabar

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ ।

यस बर्षको हिन्दु नारीको महान पर्व तीजलाई लक्षित गरेर सोही टिमले ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरेको हो ।

गीतलाई ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ।

गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतमा पछिल्लो समय फुर्के धागो गीतबाट चर्चामा रहेका मोडल नयन डिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

यसअघि फुर्के धागो बोलको गीतले युटुबमा ३८ लाख ओभर भ्युज पाएको छ टिकटकमा समेत उत्तिकै भाइरल बनेको थियो ।

‘फुर्के धागो २’ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्