४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेप्से ४ अंक बराबरले सकारात्मक


0
Shares

काठमाडौं, मंसिर १७ । निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा मंगलबार भने सामान्य सुधार आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले सकारात्मक रहेर ११ सय १५.७४ कायम भयो ।

कारोबारमा पनि सामान्य सुधार आयो ।

यसदिन बढीजसो समूह सकारात्मक रहे । व्यापार, अन्य, वित्त र विकास बैंक समूहबाहेक अरु सबै समूह सकारात्मक रहेका हुन् । जीवनबिमा समूह सबैभन्दा उच्च ६३ अंकले उकालो लाग्यो । उत्पादनमूलक र लघुवित्त समूह पनि दोहोरो अंकले बढ्दा अरु भने सामान्य अंकले हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका १० लाख बढी कित्ता सेयर २६ करोड ७० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सेन्जले जनाएको छ ।