दार्चुला घटनाको छानविन पारदर्शी हुन्छ : संयोजक गौतम « Image Khabar


दार्चुला घटनाको छानविन पारदर्शी हुन्छ : संयोजक गौतम


Border circle
Imagekhabar

दार्चुला, साउन २० । दार्चुला घटनाको पारदर्शी रुपले छानविन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जर्नादन गौतमले बताउनु भएको छ ।

घटनाबारे छानविन गर्न काठमाडौंबाट मंगलबार दार्चुला पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारसँग घटनाको विषयमा छलफल गरेको हो ।

छानविनका लागी आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटना स्थल जानु पूर्व टोलीले पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको हो ।

छलफलमा समितिका संयोजक गौतमले घटनालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताउनु भएको छ । टोलीले यसअघि बुधबार बिहान घटनाका तीन जना प्रत्यक्षदर्शीलाई घटनाको बारेमा सोधपुछ गरेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारे सोधपुछ गरेको छ ।

घटनासँग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी सत्य तथ्य बाहिर ल्याउने संयोजक गौतमले बताउनुभयो ।

अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मी छानविन समितिमा रहेको भन्दै उहाँले घटनाको सत्य तथ्य बाहिर आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

ब्याँस गाउँपालिका–२ का जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी किटिदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

साउन १५ गते शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता भएका धामी अझै भेट्टिका छैनन् । खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्