Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


कोरोनाले छुटायो तिब्बतको रोजगारी


0
Shares

बझाङ । कारोना महामारीसँगै तिब्बतको ताक्लाकोटमा व्यापार तथा मजदुरी गर्नेे सुदूरपश्चिम प्रदेशका दुई सय बढीको रोजगारी खोसिएको छ।

बर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँसका सामग्री, घ्यू ,छुर्पी लगायतको ब्यापार गर्दै आएका उनीहरु कोरोनापछि कामविहिन बनेका छन् ।

खच्चड, भेंडा तथा चौँरी मार्फत ढुवानी गरेर व्यापार गरिरहेका उनीहरु कोरोना उत्पत्तिपछि तिब्बत जान पाएका छैनन् ।

सामान्य अवस्थामा उनीहरुले यो सिजनमा तिब्बततिरको ब्यापारबाट महिनामा एक जनाले एक लाख बढी बचत गर्ने गरेका थिए । त्यस्तै मजदुरी गर्नेहरुले पनि दैनिक २५ सय रुपैयाँसम्म कमाई गर्दथे ।