Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


लगनगाँठो कस्दै नायिका ऋचा


0
Shares

काठमाडौं, मंसिर १९ । नायिका ऋचा शर्माले लगनगाँठो कस्ने भएकी छिन् ।

आउँदो शनिबार मंसिर २१ गते ऋचाले प्रेमी दीपेशविक्रम राणासँग लगनगाँठो कस्ने भएकी हुन् ।

ऋचाले आफ्नो फेसबुकमा सबैलाई आशिर्वाद दिन पनि भनेकी छिन् । दुई वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी ऋचा मिडियामा  आफ्नो प्रेमको बारेमा  खुलेर बोल्न नचाहने नायिका हुन् । 

दीपेश ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्। ऋचाले केही समयअघि पोखरामा ब्याचलर पार्टीसमेत दिएकी पथइन् ।