Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


बाग्लुङको बडिगाडमा जीप दुर्घटना, १४ जनाको मृत्यु


0
Shares

-डम्मर बुढा मगर/ईमेज 

बाग्लुङ । बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा गुल्मीका नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।