१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


दुवाथलन र कराँतेमा नेपालले जित्यो दुई स्वर्ण


0
Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दुवाथलन र कराँतेमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

नेपालका हिमाल टमटाले दुवाथलनमा स्वर्ण पदक जिते भने कराँतेमा नबिन रसाइलीले स्वर्ण हात पारे ।

पोखरामा भएको खेलमा पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित कराँते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।