Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


रवीन्द्र मिश्रलाई दिए पाण्डेसहित चार नेताले काउन्टर, ल्याए ४४ पृष्ठको बैकल्पिक प्रस्ताव


0
Shares

bibekshil sajha

काठमाडौं, साउन १९ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विकल्पमा संयोजक मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् ।

मंगलबार संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले ल्याएको नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो ।

‘वैकल्पिक राजनीतिको मूल बाटो’ नाम दिइएको प्रस्तावमा अध्यक्ष मिश्रले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाइएको छ ।

उनीहरुले मिश्रको प्रस्तावले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधार गर्ने पक्षमा आफूहरु रहेको जनाएका छन् ।

तीन वटै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने प्रस्तावमा भनिएको छ, ‘पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहीन अस्थिरताको खेलमा लैजान सक्दैनौँ ।’

अध्यक्ष मिश्रले पार्टीमा छलफल नै नगरी ११ साउनमा संघीयता खारेजी र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहमा जानुपर्ने भन्दै दस्तावेज सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा एक खाले तरंग त पैदा गरेकै थियो, त्यसबाहेक उहाँकै पार्टीमा पनि विमतीका आवाज उठेकाका थिए ।

यस्तो छ, अध्यक्ष मिश्रको विपक्षमा ल्याइएको वैकल्पिक प्रस्तावः