Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


खोप केन्द्र व्यवस्थित नहुँदा संक्रमण फैलन सक्छ : स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै खोप केन्द्र विस्तार गर्न सबै प्रदेशहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले मंगलबार एक सूचना जारी गर्दै खोप अभियानलाई थप व्यवस्थित बनाउन ७ वटै प्रदेशको प्रदेश निर्देशनालय र ७७ जिल्लाकै स्वास्थ्य कार्यलयहरुलाई पत्र पठाएको हो ।

भौतिक दूरी कायम गर्दै तोकिएको लक्षित समूहलाई मात्र कडाइका साथ खोप लगाउन आग्रह गरिएको छ ।

असार २९ गते भेरोसेल खोपको पहिलो मात्रा प्राप्त गरेका ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई २१ दिन पछि खोप दिने व्यवस्था मिलाउन ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिमा सुरु गरिएको जोन्सनको खोप अभियान कतिपय जिल्लामा अझै सुरु नै नभएकाले समयमा नै खोप लगाउन सुरु गर्न सूचनामार्फत निर्देशन दिइएको छ ।