धनकुटा, मंसिर १७ । धनकुटा नगरपालिकाका करिब ५ सय किसानलाई टनेल घर निर्माण गर्न आवश्यक सामाग्री वितरण गरिएको छ ।
स्मार्ट भिलेज परियोजनाअन्तर्गत टनेल घर निर्माणको लागि प्लाष्टिक, तारलगायतका सामाग्री वितरण गरिएको हो ।
नगरका १, २, ३ र १० गरी चार वडाका करिव ५ सय घरधुरी किसानलाई वितरण गरिएको हो । यूएनडिपी र धनकुटा नगरपालिकाको संयुक्त साझेदारीमा सो कार्यक्रम सुरु भएको हो ।
आधुनिक तरीकाले टनेल घरमा तरकारी खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
स्मार्ट भिलेज परियोजनाअन्तर्गत टनेल घर संगै सिँचाई सुविधाको लागि प्लाष्टिक पोखरी, सुधारिएको गोठ, अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गर्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्