
काठमाडौं, साउन १४ । इँटा उद्योगलाई बालश्रममुक्त बनाइने भएको छ ।
सरकार र इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगलाई बालश्रममुक्त बनाउने घोषणा गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा इँटा उद्योगीहरुले बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
श्रममन्त्री गोकर्ण विष्टले नेपालबाट वि.सं. २०७९ सम्म जोखिमपूर्ण बालश्रम हटाउने र २०८२ सम्ममा बालश्रम अन्त्य गर्ने अठोट व्यक्त गरे ।
यसका लागि श्रम मन्त्रालयको नेतृत्वमा प्रभावकारी अनुगमन गरिने पनि मन्त्री विष्टले उल्लेख गरे ।
नेपाललाई बालश्रमरहित बनाउन १० वर्षे राष्ट्रिय गुरुयोजना पारित भइसकेको छ ।
यो राष्ट्रिय गुरुयोजना सफल बनाउन महासंघ र सरकार प्रतिबद्ध रहेको मन्त्री विष्टले दाबी गरे ।
महासंघ अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बालश्रममुक्त गर्ने योजनामा सरकारसँग सहकार्य गर्न उद्योगीहरु तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्