
काठमाडौं, साउन १४ । सोमबार सेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहेर ११ सय ९४ कायम भएर थामियो ।
कारोबार भने अघिल्लो दिनको तुलनामा सामान्य सुधारियो । यसदिन कारोबार भएकामध्ये बढी जसो समूह रातो रहे ।
उत्पादनमूलक, वित्त, वाणिज्य बैंक र विकास बैंक समूह सामान्य अंकले हरियो रहे भने अरु समूह रातो रहे ।
जीबनबिमा समूह २० अंकले झर्यो । निर्जीबन बिमा समूह पनि दोहोरो अंकले ओरालो लाग्दा होटल, अन्य, जलविद्युत् र लघुवित्त समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १२ लाख ८४ हजार कित्ता सेयर २९ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्