धनकुटा । धनकुटामा एक हजारभन्दा बढी प्रकारका किरा एकै ठाँउमा संकलन गरिएको छ ।
अध्ययन तथा अनुसन्धानलाई सहज बनाउने उद्देश्यले धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्रले विभिन्न एक हजारभन्दा बढी प्रकारका किरा एकै ठाँउमा संकलन गरेको हो ।
हिमाली तथा पहाडि क्षेत्रमा पाइने एक सयभन्दा बढी प्रजातिका एक हजारभन्दा बढी किरा संकलन गरेर अध्ययन गरिने कार्यालयल जनाएको छ ।
विभिन्न प्रकारका पुतली, खुम्ले, तरकारीबालीमा लाग्ने झुसिल किरा, जुनारमा लाग्ने औंसालगायतका किरा संकलन गरिएको कार्यालयका प्राविधिक सहायक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्