Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


छाउगोठमा एक महिलाको ज्यान गयो


0
Shares

-कल्पना बोहरा/ईमेज

 अछाम,  मंसिर १६ । लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान चलिरहेको बेला अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नं ३ सिदेश्वरकी २१ वर्षया पार्वती रावत रहेका छिन् ।

 उनी आइतबार साँझ खाना खाएर सुतेकी थिइन । विबहान साढे सात बजेसम्म पनि नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

छाउगोठ घर भन्दा सय मिटर टाढा रहेको छ । उनको निसासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिए ।

अछाममा हालसम्म छाउगोठमै १५ जना महिलाको ज्यान गइसकेको छ ।