Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अवैध मदिरा उत्पादन गर्ने चिनियाँ नागरिक ठमेलबाट पक्राउ


0
Shares

काठमाडौं, साउन १५ । अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा एक जना चिनियाँ नागरिक ठमेलबाट पक्राउ परेका छन् ।

ज्याठामा सिंगो घर भाडामा लिएर घरेलु मदिराको कार्खाना चलाईरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले छापा मारी ५६ बर्षिय चिनियाँ नागरिक चियाङ सु चिवेईलाई पक्राउ गरेको हो ।

उनले ज्याठास्थित छिन्ता लामाको घर भाडामा लिएका उनले २०७८ वैशाख १० गते ‘होम स्विट स्मेल होटल एण्ड रेस्टुरेन्ट प्रालि दर्ता गरी अवैध रुपमा मदिरा उत्पादन गरेको पाइएको महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय महाराजगन्ज र स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले मदिरा उत्पादन गर्ने मेसिन, मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थका साथै बिक्री वितरणका लागि तयार पारिएको घरेलु मदिरा ठूलो परिमाणमा बरामद गरेको छ ।