Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल


0
Shares

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले शुक्रबार साँझसम्ममा कार्यदलले एकताको छिनोफानो गर्नु उचित हुने बताउनुभयो ।

पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन लचिलो बनेको चर्चा चलिरहेको बेला पोखरेलले भने एमालेमा विधान बाहिर कुनै सर्त लागू नहुने जिकिर गर्नुभयो ।

पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयनमा लगेर पार्टीलाई एकतावद्ध बनाउन सकिने पोखरेलको धारणा छ । उहाँले शनिबार बस्ने एमाले स्थायी समितिको बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने जानकारी पनि दिनुभयो ।