
काठमाडौं । आइतबार पनि सुनको भाउ उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ३ सयले बृद्धि भएर ७१ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि तीनै सयले बढेर ७१ हजार ३ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने ८ सय ५५ मा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १४ सय ७२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्