
काठमाडौं । मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले २०७२ सालदेखिको बढी शुल्क फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
आज(आइतबार) काठमाडौमा पत्रकार सम्मेलन गरी उनीहरुले सरकारले विद्यार्थीको आँखामा छारो हाल्ने किसिमले मेडिकल कलेजहरुसँग सम्झौता गरेको भन्दै विरोध समेत गरेका छन् ।
२०७४ सालदेखिको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नेबारे सरकारले मेडिकल कलेजसँग मंसिर १० गते सहमति गरेको थियो ।
सबैलाई नसमेटिकन निर्णय भएको भन्दै विद्यार्थीहरुले आन्दोलन नरोक्ने जनाएका छन् ।
चितवन मेडिकल कलेजकी छात्रा मान्यता थापाले २०७२ सालदेखि कै विद्यार्थीको शुल्क फिर्ता नभए पठनपाठन अनिश्चितकालसम्म ठप्प पार्ने चेतावनी दिइन ।
विद्यार्थीहरुले अतिरिक्त शुल्क समायोजन नै नगरिएको, एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई गर्ने गरिएको समायोजनको अर्थ के हो ? भन्दै शुल्क फिर्ता र समायोजनको संयन्त्र प्रष्टनआए नयाँ भर्ना प्रक्रिया नै रोक्ने समेत चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्