३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी


0
Shares

जलेश्वर, मंसिर १५ । महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले छ सय ५९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले तीन सय ४६ मत ल्याएका छन् । भने नेकपाका लक्ष्मेश्वर रायले एक सय ५८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । रासस