Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


विद्युत महशुलमा जरिवाना छुट गर्न माग


0
Shares

भैरहवा, साउन १४ । उद्योग व्यापार संगठन रुपन्देहीले निश्चित समयसम्मका लागि विद्युत महशुलमा जरिवाना छुट गर्न माग गरेको छ ।

संगठनले बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झालाई ज्ञापनपत्र बुझाउँदै विद्युत महशुल बुझाउँदा केही प्रतिशत छुट हुनुपर्नेमा झन थप शुल्कसहित अत्यधिक मात्रामा जरिवाना पनि तिर्नु परेकोले उपभोक्ता अत्यन्त मारमा परेको गुनासो गरेको हो ।

कोरोनाका कारण भएको निषेधाज्ञाको समयमा विद्युत प्राधिकरणबाट मासिक मिटर रिडिङ कार्य नगरिएकोले उपभोक्ताहरुले विद्युत महशुल बुझाउन असहज भएको र अहिले आएर मात्र मिटर रिडिङ भएकाले महशुल बुझाउँदा केही प्रतिशत छुट दिनुपर्ने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

ज्ञापनपत्र बुझेपछि विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख झाले ज्ञापनपत्र विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पठाउने र माथिको निर्णय अनसार अगाडी बढ्ने बताउनुभयो ।

झाले असार मसान्तसम्म विद्युत महशुलमा छुट प्रदान गरिएको र त्यसपछि मिटर रिडिङ भएको मितिले ४० दिनपछि उपभोक्ताले जरिवाना तिर्नुपरेको जानकारी दिनुभयो ।