
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको घाउ निको हुँदै गएको र मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।
शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भए यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने डा. श्रेष्ठले बताए ।
घाउको संक्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्री ओलीलाई राखिएको उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन ।
प्रतिक्रिया दिनुहोस्