
प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ ।
कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले खुला चौतारो मुनी उपचार गराउँदै गरेकी एक कोरोना संक्रमितको तस्वीर राखेपछि यसको चर्चा चुलिएको हो ।
कोरोना संक्रमित व्यक्ति भने नेपाल महिला संघको नगर अध्यक्ष रहेको वर्माले उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा वर्माले लेख्नुभएको छ, ‘कोरोना उपचार चौतारामा । बेहोस विरामीको यस्तो उपचार: स्वर्गद्वारी नगरपालिका कोभिड नियन्त्रणमा करोडौं खर्च, कागजमा डाक्टर– तीन महिनाको तलब भुक्तानी, तर कोभिड उपचार यसरी । नेमसंघ नगर अध्यक्ष निशा योगी संक्रमित भइ उपचारका लागि जाँदा । अहिले प्युठान अस्पतालमा उपचार ।’
प्रतिक्रिया दिनुहोस्