Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा छ को मृत्यु


0
Shares

सुनसरी, मंसिर १५ । कोसी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ ।

र्दुघटनामा उदयपुर त्रियुगा नगरपालिका–९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई दिनेश राई र शिवमाया राई तथा एम्बुलेन्स चालक राजेश दुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।

दुवै सवारी साधन तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

ट्रकसँग ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । दुर्घटनापछि मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्न प्रहरीलाई ४ घण्टा लागेको थियो ।

उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी एक महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर एम्बुलेन्स उदयपुर फर्कदैं गरेको प्रहरीले जनाएको छ ।