३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


बैंक ‘मर्जर’मा देखिएन उत्साह


0
Shares

काठमाडौं, मंसिर १४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु ‘मर्जर’मा जान उत्साहित नभएको जनाएको छ ।

विभिन्न विकास बैंक तथा लघुवित्त संस्थाहरु मर्जरमा जान तयार भएपनि मर्जनमा जाने वाणिज्य बैंकको संख्या न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०६६ सालदेखि २०७६ सम्मको तथ्यांक हेर्दा १०१ वित्तीय संस्थाहरु मर्ज भएकामध्ये ‘क’ वर्गका बैंक समूह अत्यन्त न्यून रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

‘क’ वर्गका बैंक समूहलाई स्वतःस्फूर्त मर्जरको वातावरण बनाउनु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

प्रवक्ता निरौलाले वित्तीय स्थायित्वलाई खलल नपुग्ने गरी मर्जरमा लैजान राष्ट्र बैंकले तयारी गरिरहेको जानकारी दिए ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरमा जान सबै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको थियो ।