१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


भारतमा दुर्घटनामा सातको मृत्यु, २० घाइते


0
Shares

काठमाडौं, मंसिर १४ । भारतमा शनिबार राति भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

रातको १२.३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । घटनाका बारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । रासस