६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


इलाममा ब्लड बैक सुरु


0
Shares

इलाम, मंसिर १४ । २२ वर्षदेखि आकष्मिक रक्तसञ्चार सेवा सञ्चालन हुँदै आएको रेडक्रसले इलाममा ब्लड बैक सञ्चालन गरेको छ ।

इलाममा कुनै पनि बिरामीलाई रगतको आवश्यकता पर्दा तत्काल ग्रुप मिल्ने व्यक्तिको खोजी गर्नु पर्ने झन्झट हटेको छ ।

मंसिर २ गतेबाट इलाम अस्पतालकै एउटा कक्षामा सुरु भएको व्लड बैंकमा तत्काल चार वटा ग्रुपको आठ पिन्ट रगत सञ्चालन हुने आकस्मिक रक्तसञ्चार सेवाका संयोजक रतन चौधरीले जानकारी दिए ।

जर्मनबाट प्राप्त उपकरणलाई इलाम अस्पतालमा जडान गरेर सेवा थालिए पनि केही समयमा आफ्नै भवनमा व्लड बैंक स्थापना गर्ने रेडक्रसले जनाएको छ ।