Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पर्यटकको रोजाई बन्दै सौरेनी डाँडा


0
Shares

तेह्रथुम, मंसिर १४ । छथर गाउँपालिकानजिकै निर्माणाधीन सौरेनी डाँडा पिकनिक स्पोट पर्यटकको रोजाइमा पर्न थालेको छ ।

स्थानीय सरकारले पर्यटक आकर्षित गर्न डाँडामा भौतिक संरचनाहरु निमार्ण सुरु गरेपछि यो डाँडा पर्यटकहरुको रोजाईमा पर्न थालेको हो ।

कोशीराजमार्गदेखि करिब ९ किलोमिटरको दुरीमा रहेको शुक्रबारे बजार नजिकैको यो पिकनिकस्थल आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न थालेको छ ।

डाँडाको चारैतिर टहराहरु बनाइएका छन् । हरियाली वनपाखाको काखमा रहेको स्पोटमा ४ वटा ब्लक स्थापना गरी प्रत्येक ब्लकलाई फरक फरक प्रकृतिका रमाणीय स्थल निमार्ण गरिने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।