२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


कारागारमै कमाउँदै कैदीबन्दी


0
Shares

 -विजय नेपाल/ ईमेज

सिन्धुपाल्चोक, मंसिर १४ । विभिन्न अपराधमा सिन्धुपाल्चोकको जिल्ला कारागार चौतारामा कैद भुक्तान गरिरहेका कैदीबन्दी आर्थिक उपार्जनमा लागेका छन् ।

मुढा बुन्ने काममा लागेपछि उनीहरुलाई समय बिताउन मात्र सजिलो भएको छैन आम्दानी समेत हुन थालेको छ ।

सिन्धुपाल्चोकको जिल्ला कारागार चौतारामा ७ जना कैदी क्षमताको भवन रहे पनि अहिले १ सय १५ जना पुरुष कैदीलाई राखिएको छ । एउटै कोठामा खाटका तला बनाएर उनीहरुलाई लस्करै सुताइन्छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिए पनि गत असारबाट कारागारको भित्री प्रांगणमा समेत घुम्न मिल्ने गरी सुरक्षा व्यवस्था मिलाएपछि कैदीबन्दीहरु खुसी भएका छन् ।

उनीहरुले खानेपानीको बाहेक अन्य समस्या नभएको बताएका छन् । पछिल्लो समय कतिपयले मुढा बुनेर कमाइ समेत गर्न थालेका छन् ।

सबै मिलेर तयार पारेकोे मुढा विक्री गरेपछि सबैले आफ्नो कामअनुसारको मूल्य पाउने गरेका छन् ।

मुढा बनाउने काममा संलग्न भएपछि समयको समेत सदुपयोग भएको कैदीबन्दीले बताएका छन् ।

फुर्सदको समय उपयोग गर्दै गरेको कामबाट मासिक तीन चार हजार कमाइ हुने गरेको उनीहरुको भनाइ छ । मुढा बुन्दा कैदीबन्दीबीच आपसी सहयोगको भावना वृद्धि भएको जिल्ला कारागार चौताराका प्रमुख कृष्णमणी फ्युँयालको भनाइ छ ।

कारागारमा बन्ने मुढा अन्य ठाँउमा पाइने भन्दा आकर्षक  र बलियो हुने हुनाले उपभोक्ताहरु कारागारमै आएर किन्ने गरेकाले बजारको समस्या नभएको उनको भनाइ छ ।

कैद भुक्तान गरेर घर फर्किदा हातमा सिप समेत लिएर फर्किदा उनीहरुलाई समाजमा स्थापित हुन र स्वरोजगार हुन समेत मद्दत मिल्नेछ ।