काठमाण्डौं, मंसिर १४ । बेलायतको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा छुरा प्रहार गरी दुई जनाको हत्या भएको छ ।
स्थानीय समय अनुसार दिउँसो २ बजेकोे घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । मारिने व्यक्तिको पहिचान खुल्न नसकेको बताइएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका दुई जनाबाट बिस्फोटक पदार्थहरु बरामद गरेको दावी गरेका छन् ।
मारिएकामध्ये एक जना पूर्व कैदी रहेको प्रहरीको दावी छ । एउटा सभालाई लक्षित गरेर आक्रमणको प्रयास भएपनि धेरै मानवीय क्षति हुन नदिएको प्रहरीको दावी छ ।
क्यामब्रिज विश्वविद्यालयक विद्यार्थी सहभभागी भएको समारोहमा विद्यार्थी र पूर्व कैदीहरुसँग संधिग्द व्यक्तिले कुराकानी गरेलगत्तै आक्रमण गरेको प्रहरीले जनाएको छ । एजेन्सी




प्रतिक्रिया दिनुहोस्