Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


अविरल बर्षाले बझाङमा द्वारीगाड लघुजलविद्युतको भवन बगायो


0
Shares

बझाङ । बझाङमा अविरल बर्षाका कारण आएको बाढीले लघुजलविद्युतको भवन बगाएको छ ।

मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाको भवन बगाएको हो ।

करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाबाट द्वारी गाउँका करिब ५ सय घरधुरीले बत्ती बाल्ने गरेका थिए ।

द्वारीगाड लघुजलविद्युतको भवन केहि समय संचालनमा आए पनि प्राविधिक समस्याका कारण बिचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेको बेला बाढीले बगाएको हो ।

बिहीबरदेखि आएको अविरल बर्षाले भवनको आधा भाग बगाएको स्थानीय उब्जन बोहराले बताउनुभयो ।

बर्षाले द्वारीगाडबाट द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ ।