कोभिड रोक्न लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा « Image Khabar


कोभिड रोक्न लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा


Border circle
Imagekhabar

एजेन्सी । अस्ट्रेलियाका विभिन्न शहरमा कोभिड संक्रमण रोक्न सरकारले लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएका छन् ।

सिड्नी, मेलवर्न, र ब्रिस्बेनमा शनिबार भएको प्रदर्शनमा सहभागी कम्तिमा ६० जनालाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै सिड्नीको टाउन हल बाहिर जम्मा भएका थिए ।

अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।

न्यू साउथ वेल्स स्वास्थ्य प्राधिकरणले केही समय पहिले यस क्षेत्रलाई कोभिड हटस्पट घोषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्