भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal


भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन


0
Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा हुँदैन । घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आजै शपथ खुवाउँदैछन् ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्‍न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् ।

केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।