मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल • Image Khabar Image Khabar


मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल


Border circle
Imagekhabar

मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसद्को दबाब आएको बताउनुभएको छ ।

कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष दाहालले पार्टीका ४९ जना सांसद्को मन्त्री बनाउन दबाब आएको उल्लेख गर्नुभयो । पार्टीमा मन्त्री बन्न नपाए नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको उहाँको भनाइ छ ।

‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए खुशी हुने प्रवृत्ति पार्टीभित्र जबरजस्त छ ।’

कम्युनिष्ट पार्टीको आदर्शका कुरा गर्नेहरूको चित्त भने मन्त्री पदमा अड्किएको अध्यक्ष दाहालले बताउनुभयो । अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै उहाँले नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गर्नुभयो । सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी गरेको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

अहिले सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धी गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष दाहालले संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको उल्लेख गर्नुभयो । वर्तमान सत्ता गठबन्धन टुटाउन ठूलो कसरत भइरहेको भन्दै उहाँले एमालेकै एक पक्ष नपत्याउँदो किसिमले गठबन्धनलाई टुटाउन सकिन्छ कि भनेर कसरत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्