६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै, एक साता अस्पतालमै रहने


0
Shares

काठमाडौं, मंसिर १३ । मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओली अझै एक साता अस्पतालमै रहने चिकित्सकले जानकारी दिएका छन् ।

आज शिक्षण अस्पतालमा  पत्रकार सम्मेलन गरेर उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापश्चात सघन कक्षमा उपचाररत प्रधानमन्त्रीको मङ्गलबार र बुधबार दुईपटक डायलाइसिस पनि गरिएको चिकित्सकहरुले जनाएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले नियमित डायलाइसिस गराउनुभन्दा प्रत्यारोपण उत्तम विकल्प रहेको बताइन् ।

डा. दिव्याले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको जानकारी दिइन् । उनी सामान्य हिँडडुल गर्न थालेको डा सिंहको भनाइ छ ।

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिस फुटेको नभइ पाकेर फैलिएको बताएका छन् ।

सामान्य बिरामीको तुलनामा अङ्ग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना ज्यादा हुने जानकारी दिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ ।

पछिल्लो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिकमै डायलाइसिस गरिएको छ ।