
पर्वत । पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिकामा लोकप्रिय बनेको छ ।
पर्वतको फलेबास नगरपालिकामा तयार गरिएको सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् ।
फलेबास नगरपालिकामा स्थानीय जातका परिकार तयार पार्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्टमास, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरिरहेका छन् ।
शहरबजार र विदेशमा सातुको माग धेरै हुने गरेको बताइएको छ । मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आएको भुसालको उद्योगले स्थानीयस्तरमा उत्पादन हुने अन्नलाई मेसिनमा भुटेर सातु बनाउने गरेको छ ।
तयारी खाजाले स्वास्थ्यमा असर गर्ने तर सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्यमी भुसाल बताउँछन् ।
यहाँको सातु अहिले कोसेलीका रुपमा काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमासमेत पुग्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्